६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

समस्याग्रस्त अर्थतन्त्र सुधारेरै छोड्ने नव नियुक्त अर्थ मन्त्री महतको प्रतिवद्धता


१७ चैत, काठमाडौं । नव नियुक्त अर्थ मन्त्री डा. प्रकाश शरण महतले, समस्या ग्रस्त अर्थतन्त्र सुधारेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार अर्थ मन्त्रीको रूपमा शपथ ग्रहण गरे लगत्तै पदभार ग्रहण गर्दै उनले आर्थिक रूपमा समस्या ग्रस्त अर्थतन्त्र सुधार्ने प्रतिबद्धता जनाएका हुन् ।

पदभार ग्रहणका क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए । उनले भने ‘देशको अर्थतन्त्र सङ्कटमा छ र त्यसको लागी समस्या अनुसारको निर्णय लिनुपर्छ ।

अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ,समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ भन्ने हिसाबले काम गर्नुपर्छ।’ साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने र खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले लगानी भित्र्याएर राजस्वको दायरा बढाउने उनको भनाई छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १७:५४