
१७ चैत, चितवन । चितवन क्षेत्र नम्बर-२ को उपनिर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेको एकल सिफारिस भएको छ।
शुक्रबार बसेको जिल्ला कमिटी बैठकले जिल्ला अध्यक्ष समेत रहेका न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो । न्यौपानेले मंसिर ४ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएका थिए ।
तर, उनले नेपाली कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि शनिबार केन्द्रीय सचिवालय बैठक बसेर उम्मेदवार छान्ने एमालेको तयारी छ ।
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १६:५६