१७ जेष्ठ २०८०, बुधबार | Wed May 31 2023

नेप्सेमा ८ कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

१७ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ८ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा साे साता विभिन्न ८ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।

१) रिडी पावर कम्पनी

नेप्सेमा रिडी पावर कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि रिडी पावरले चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको थियो। साेही बाेनस सेयर नेप्सेमा सूचीकृत भएको हाे ।

२) मुक्तिनाथ विकास बैंक

नेप्सेमा मुक्तिनाथ विकास बैंकको ७६ लाख ३७ हजार १९४.१५ कित्ता सेयर सूचीकृत भएको हाे । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९का लागि १३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

३) आरएसडिसी लघुवित्त

नेप्सेमा आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस बापतको ६ लाख ४४ हजार १२४ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

४) अपी पावर कम्पनी

नेप्सेमा अपी पावर कम्पनीको ७.५ प्रतिशत बोनस बापतको २८ लाख ८३ हजार ६८६ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

५) नेको इन्सयोरेन्स

नेप्सेमा नेको इन्सयोरेन्सको १५ प्रतिशत बोनस बापतको २६ लाख २४ हजार ८१८.२० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

६) साधाना लघुवित्त वित्तिय सस्था

नेप्सेमासाधाना लघुवित्त वित्तिय सस्थाकाे १९ प्रतिशत बोनस बापतको ६ लाख १० हजार ३२८.४५ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

७) शिखर इन्स्योरेन्स

नेप्सेमा शिखर इन्स्योरेन्सकाे १६ प्रतिशत बोनस बापतको ३६ लाख ८८ हजार ६६० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

८) नेपाल एसबिआइ बैंक

नेप्सेमा नेपाल एसबिआइ बैंककाे ३ प्रतिशत बोनस बापतको २९ लाख ४७ हजार ७५५.९३ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १६:५३

UniversityCollege.com