
१७ चैत, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले कम्पनीले चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ शुक्रबार बाँडफाँड भएको हाे ।
कम्पनीकाे आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ आवेदकबाट कुल १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयरका लागि आवेदन परेकाे थियो। जसमा १३ लाख ९३ हजार १५३ आवेदन सदर भएको छ भने ५१ हजार ८५२ आवेदकबाट परेको आवेदन बदर भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियाे। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भने १० लाख ३४ हजार ९७७ आवेदकको हात खाली भएको छ।
कम्पनीकाे आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने भएको छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १६:२६