
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार जनाको नाम दिएकाे छ । ८ मन्त्रालय पाएको कांग्रेसले पार्टीभित्र भागवण्डा नमिलेपछि सभापति शेरबहादुर देउवाले चार जनाकाे मात्रै नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।
उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग मन्त्री र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको स्रोतले जनाएकाे छ ।
आज बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने निर्णय गरेको थियो। पार्टीले पाएको ८ मध्ये कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्नेमा कोइराला पक्षको अडान छ। शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको हाे ।
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १३:३९