११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने


१७ चैत, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नु नपर्ने जनाएको छ । प्राधिकरणका अनुसार बीमा ऐन, २०७९ मा बीमा नविकरण सम्वन्धी व्यवस्था नभएकाले अब उप्रान्त कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हाे ।

तर साविक बीमा ऐन २०४९ बमोजिम २०७९ चैत मसान्नसम्मको लागि नवीकरण हुन बाँकीको हकमा सो अवधीसम्मको लागि नवीकरण गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साविक बीमा ऐन २०४९ मा हरेक वर्ष बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ११:२६