१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भ्रष्टाचार मुद्दा खेपिरहेका मारूती सिमेन्टका शरद गोयललाई सरकारको पुरस्कार !


१६ चैत, काठमाडौँ । भ्रष्टाचार मुद्दा खेपिरहेका मारूती सिमेन्टका शरद गोयललाई सरकारको पुरस्कृत गरेको पाइएको छ । राजस्व हिनामिनाको मुद्दामा विशेष अदलातमा भ्रष्टाचार मुद्दा खेपिरहेका गोयललाई सरकारले चुनढुंगा उत्खननका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिएर पुरस्कृत गरेको पाइएको हो ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गत पुस ३ गते गोयललाई चुनढुंगा उत्खननका लागि अनुमति दिएको हो । कमसिन र घुसको बितरणमा माहिर मानिने गोयलले भ्रष्टाचार मुद्दाकै बीचमा उत्खनन अनुमतिमात्र लिएनन् त्यसको तीनमिहनापछि मुद्दामा सफाइ समेत पाएका छन ।

मारुती सिमेन्ट लिमिटेडलाई सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१४ मा रहेको राष्ट्रिय वन क्षेत्र चुनढुंगा उत्खननको लागि प्रयोग गर्न दिने निर्णय देउवा मन्त्रिपरिषद्को अन्तिम निर्णय रहेको थियो ।

२०७८ माघ १२ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर्मचारी र व्यापारी गरी १८ जना र ९ कम्पनीका विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा गोयल सहित सबैले चैत ३ मा विशेष अदालतबाट सफाइ पाएका छन । अदालतको सेटिङको विषय छताछुल्ल भैरहेको समयमा विशेषको पनि विवादित मुद्दामा आरोपि सबैलाई सफाइ दिएको हो ।

राजस्व हिनामिनाको आरोपित सबैले सफाइ पाएपछि कतिपयले मारूतीसँग जोडेर उपभोक्तालाई गुणस्तरहिन सिमेन्ट बेच्ने उद्योगीले सेटिङमा भने गुणस्तरीय घुस खुवाएको टिप्पणी गरेका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार २०:४९