१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सात महिना लामो बन्दसत्रले टुंग्यायो एमालेको युवा विद्यार्थी विशेष कमिटीको नेतृत्व


१६ चैत, काठमाडाैँ । नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको सात महिना लामो बन्दसत्रले बिहीबार नयाँ नेतृत्व चयनको घोषणा गरेको छ । विशेष प्रदेश कमिटीका नेताहरूको उपस्थितिमा बिहीबार काठमाडाैँको एक होटलबाट नयाँ नेतृत्वको घोषणा भएको हो । २०७९ भदाै १५ मा उद्घाटन भएर बन्दसत्र स्थगित भएको कमिटीको बिहीबार अधिवेशनको समापन समारोह गरी नेतृत्वको घोषणा गरिएको हो ।

नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा रामजी सापकोटा चयन भएका छन् । बिहीबार भएको चौथो अधिवेशनले युवा संघका उपाध्यक्ष सापकोटालाई अध्यक्ष र अनेरास्ववियुका पूर्व उपमहासचिव सुदर्शन शिवाकोटीलाई उपाध्यक्ष चयन गरेको हो । त्यस्तै कमिटीको सचिवमा प्रकाश भुजेल, सहसचिव श्यामकाजी खत्री र विमला धमला चयन भएका छन् ।

एमाले पोलिटव्युरो सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट २३ सदस्यी जिल्ला कमिटी गठन भएको छ । अधिवेशनमा केन्द्रिय सदस्य तथा ईञ्चार्ज नविना लामा केन्द्रिय सदस्य विना श्रेष्ठ , उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेम पराजुली , उपत्यका विशेष प्रदेश कमिटी उपसचिव चन्द्र रिजाललगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

अध्यक्षः रामजी सापकोटा
उपाध्यक्षः सुदर्शन शिवाकोटी
सचिवः प्रकाश भुजेल
उपसचिवः श्यामकाजी खत्री
उपसचिवः विमला धमला
सदस्यहरु
किरण देउजा

रमेश भटटराई

विष्णहरी त्रिपाठी

ऋीष गौतम

विजय घिमिरे

पवित्रा ढकाल

सुनिल तिवारी

कैलाश तामाङ

मुना तिवारी

स्वीकृति सुवेदी

मौसम स्याङ्बो

कुशल खतिवडा

धर्मराज तिमल्सिना

सपना सापकोटा

जगत लामा

कल्पना डुम्रे

सन्तोष सिलवाल

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार २०:०८