१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

ईश्वर पोखरेल भेट्न निवासमै पुगे चीनका राजदूत


काठमाडौं, १६ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुगेका थिए ।

पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङ्गले जोड दिएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १८:५०