४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

यस्तो छ धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली (पूर्णपाठ)


१६ चैत, काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ ।

धितोपत्र बोर्डले आज बिहिबार साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ मस्यौदा सार्वजनिक गरेको हो । धितोपत्र बोर्डले २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनीमा गणना गर्ने भएको छ। तर, साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्तापुँजीको सीमा हेरफेर गर्न सक्ने व्यवस्था पनि गरिएको छ। बोर्डले १५ दिन भित्र मस्यौदामा राय सुझाव पेश गर्न अनुराेध गरेकाे छ ।

बोर्डले एसएमई कम्पनीको कारोबार सञ्चालन गर्न मेन बोर्ड र एसएमई प्लाटफर्म गर्ने जिम्मा भने एक्सचेनजलाई नै दिएको छ। जसअनुसार अहिले कै अवस्थामा पनि कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन्।

यस्ता कम्पनीले जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी आइपीओ निष्काशन गर्नुपर्नेछ। पुँजी बढाउन हकप्रद पनि निष्कासन गर्न सक्नेछन्।

मस्यौदाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहाेला

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १४:०६