१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


१६ चैत, काठमाडाैं । राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशीआयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ गरि चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १०:२७