८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मकै र मोहीको खाजासँगै मिल्यो सत्तारूढ दलको भागबन्डा, कसले कति पाए ?


१५ चैत, काठमाडाैँ । मकै र मोहीको खाजा खाँदै बसेको दश दलीय गठबन्धनको बैठकले भागबन्डा टुंगो लगाएको छ । गठबन्धनको बुधबार अपरान्ह बसेको बैठकले, सबै मन्त्रालयको भागबन्डा मिलाएको हो ।

गठबन्धनको भागबन्डा अनुसार, ८ वटा मन्त्रालय नेपाली कांग्रेसले पाउने छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ वटा मन्त्रालय लिने भएको छ । अहिले माओवादीका चारजना मन्त्री छन् । अब माओवादीले थप एक मन्त्रालय पाउने भएको छ। तर मन्त्रालय केही भने परिर्वतन हुनेछ ।

त्यस्तै नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

राष्ट्रिय स्वतन्त्रपार्टीले भने पार्टी अध्यक्ष बाहेक अन्यको नेतृत्वमा सरकारमा नजाने आसय प्रकट गरेपछि अन्य दलले यस पटक गैर सांसदलाई मन्त्री बनाउन नहुने बताएपछि तत्काल सो पार्टी सरकारमा सहभागि नहुने भएको छ ।

जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले ‘२१ सिटको भागबण्डा लगभग टुङ्गीएको जानकारी दिए । उनले भने कुन मन्त्रालय कसले पाउने भन्ने पक्का भएको छैन् तर भोली मन्त्रिपरिषद् विस्तार हुन्छ बिहान ८ बजे बालुवाटारमा सबै कुरा टुङ्गिन्छ ।’ गठबन्धनमा सामेल स्वतन्त्र लगायत अन्य पार्टीलाई भने आलो पालोमा समेट्ने गरी प्रस्ताव तयार भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार २०:४१