१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेप्सेमा दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, बिहीबार कतिमा खुल्छ कारोबार ?


१५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा विजय लघुवित्त र कालिका लघुवित्तको मूल्य समायोजन  भएकाे हाे ।

१) विजय लघुवित्त

नेप्सेमा विजय लघुवित्तको २० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६५८ रुपैंया ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ७९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

२) कालिका लघुवित्त

नेप्सेमा कालिका लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६५९ रूपैयाँ ६६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७८५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भोली चैत १६ गते बिहीबारबाट सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १६:०५