१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज यी कम्पनीका लगानीकर्ताले गुमाए धेरै


१५ चैत, काठमाडौं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा बन्द भएकाे छ । आज ८१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा झिनो अंकको सुधार आउदा पनि आज खप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ४ दशमलव ४१ प्रतिशतले घटेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी, श्रीजनशील लघुवित्त, सूर्या ज्योति लाइफ, आरम्भ लघुवित्त, आर्दश लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैैंकिङ, पिपुल्स पावर, स्वाभिमान लघुवित्त र साधना लघुवित्तको सेयर मूल्य घटेकाे छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १५:२३