
१५ चैत, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.२ अंकले बढेर १९१९.४२ बिन्दुमा बन्द भएकाे छ । बुधबार ८१ करोड ६२ लाख बढीकाे काराेबार भएकाे छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३ करोड ५६ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख, शिवम् सिमेन्ट्सको २ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख रुपैयाँ र एशियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १५:०७