१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

थप एक बैंककाे ३ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा


१५ चैत, काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूको हितग्राही खातामा बाेनस सेयर जम्मा गरेको छ । कम्पनीको पुष २६ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको ३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीकाे डिम्याट खातामा जम्मा गरेको हो ।

हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाशिघ्र सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । सेयर अभौतिकीकरण गरे पछि मात्र उक्त बोनस सेयर सम्बन्धिक सेयरधनीहरुको खातामा जम्मा हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १२:४५