१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तपाईंकाे डिम्याट खातामा आयाे त एक इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयर ?


१५ चैत, काठमाडाैं । शिखर इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर लाभांश जम्मा गरेको छ । कम्पनीको माघ २५ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धित सेयरधनीकाे डिम्याट खातामा जम्मा गरेकाे हाे ।

फागुन १६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको सम्बन्धीत हितग्राही खातामा साे बाेनस सेयर जम्मा गरिएको र सो मिति पछि सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा क्रमश उक्त बोनश सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट अभौतिकीकरण अद्यावधिक गराएपश्चात् हितग्राही खातामा उक्त रकम जम्मा हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १२:३०