१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?


१५ चैत, काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत्र १४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा बैशाख ६ गते, कम्पनीको केन्द्रिय कार्यलय तिनकुने काठमांडौबाट भर्चुअल माध्यामबाट समेत बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.२७१२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्नेछ। सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ । तीन कम्पनीबीच एक आपसमा गाभिएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:४५