१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


१५ चैत, काठमाडाैं । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार रुपैयाँमा काराेबार भएको छ।

मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:१३