६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


१५ चैत, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५० पैसा र बिक्री दर १६२ रुपैयाँ २४ पैसा रहेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९७ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसापुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३५ रुपैयाँ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १०:२३