१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कृषि विकास बैंककाे साधारणसभा अघि नै तीन सञ्चालक निर्विरोध


१३ चैत, काठमाडौँ । कृषि विकास बैंककाे सर्वसाधारण तर्फकाे तीन सञ्चालक साधारणसभा अघि नै सर्वसम्मत निर्वाचित भएका छन । उम्मेदवारी दिएका पाँच मध्ये दुई सदस्यले मनाेनयन फिर्ता लिएपछि तीनसञ्चालक सर्वसम्मत भएकाे उम्मेदवारी फिर्ता लिएका प्रमाेद तिवारीले जानकारी दिए । तिवारीसहित हरि पराजुलीले निर्वाचन समिति समक्ष मनाेनय फिर्ताकाे निवेदन दियका थिए । दुई उम्मेदवारको उम्मेदवारी फिर्ता भएपछि बिनोद गुरागाईं, गोबिन्द भट्टराई, सन्जिव पौडेल सर्वसाधारण तर्फकाे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन । बैंककाे साधारणसभा भाेलि मंगलबार काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार २०:४५