७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राष्ट्र बैंकले किन बाेलायाे वाणिज्य बैंकका सीईओलाई ?


१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्यका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई बोलाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै बैंकका सीइओहरुलाई पत्र पठाउदैं दिउँसो ३ बजे छलफलका लागि बोलाएकाे हाे ।

छलफलमा गभर्नर, डेपुटी गभर्नर, नियमन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरु लगायतको उपस्थिति हुने जनाइएकाे छ ।बैंक तथा वित्तीय संस्थाको ब्याजदर तथा अहिले देखिएको तरलताको समस्या, बढ्दो खराब कर्जा लगायतका कुरामा छलफल हुने बुझीएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १४:२०