१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विदेशमा रहेका श्रमिकका लागि चैत २१ बाट आईपीओ निष्कासन गर्दै सिटी होटल, सर्वसाधारणलाई कहिले ?


१३ चैत, काठमाडाैं । सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म आईपीओ निष्कासन गर्न लागिएको हो ।

कम्पनील जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारण दुवैले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले उक्त आईपीओमा वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन् भने सर्वसाधारणले छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सिटी होटलको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १२:४८