१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बीमा प्राधिकरणको कारवाहीमा दुई इन्स्योरेन्स कम्पनी, दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने


१३ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेकाे छ । प्राधिकरणले नियम विपरित काम गरेकाे भन्दै  नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ ।

कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले कारवाही गरेको हो । प्राधिकरणले यी दुई कम्पनीलाई जनही २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ । प्राधिकरणले गरेको २ लाख रूपैयाँ जरिवाना हालसम्मकै ठूलो रकमको नगद जरिवाना रहेको प्राधिकरणले जनाएकाे छ ।

यसअघि कम्पनीहरुलाई अधिकतम १० हजार रुपैयाँसम्मको जरिवाना गर्न पाइने व्यवस्था थियो । प्राधिकरणले यसअघि पनि दायित्व पालना नगरेको भन्दै यी दुई कम्पनीहरुलाई पटक पटक निर्देशन दिँदै आएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ११:४८