७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ग्लोबल आइएमई लघुवित्तले सेयरधनीको खातामा जम्मा गर्यो नगद लाभांश, तपाईंकाे आयाे त ?


१३ चैत, काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । लघुवित्तको फागुन २४ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  सोही नगद लाभांश फागुन २८ गतेदेखि लघुवित्तले सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा जम्मा गरेकाे हाे ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल गर्न कम्पनीले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०९:५०