८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

होटल ल्याण्डमार्क पोखरा र चितवनको दशैँ तिहार केन्द्रीत आकर्षक प्याकेज सार्वजनिक


२१ असोज, काठमाडौँ । सम्राट गुप्रको ल्याण्डमार्क फरेस्ट पार्क सौरहा चितवन र होटल ल्याण्डमार्क पोखराले दशैँ र तिहारका लागि केन्द्रीत गरेर नेपाली नागरिकका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । आन्तरिक पर्यटकका लागि ध्यान दिएर आकर्षक प्याकेज सार्वजनिक गरिएको सम्राट ग्रुपका सिईओ सिएन पाण्डेले जानकारी दिए । दशैँ तिहारमा लामो विदा हुने र चिवतन र पोखरामा विदा मनाउन जाने आन्तरिक पर्यटकका निम्ति सहजहोस भनेर प्याकेज घोषणा गरिएको उनले बताए ।

सिईओ पाण्डेले पोखराको एक रात तथा चितवनका लागि दुई रात तीन दिनको प्याकेज समावेश गरिएको बताए । पाण्डेका अनुसार पोखरा जाने पर्यटकले होटल ल्याण्डमार्कमा ५ हजार ५ सय ५५ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध गराईएकोछ । त्यस्तै चितवनमा १९ हजार रुपैयाँमा एक जोडीका लागि दुई रात तीन दिनको खाने बस्ने सुविधा उपलब्ध गराईएको छ । यो प्याकेज अ

ल्याण्डमार्क फरेस्ट पार्क (दुई रात तीन दिनको प्याकेज, जम्मा १९,०००।–)
यस प्याकेजमा सहभागी हुने जोडीका लागि होटलमा पुग्नेवित्तिकै वेलकम डिङ्स ओपन हुनेछ । दुई ब्रेकफास्ट, दुई लन्च, दुई डिनर (सेट मेन्यु) उपलब्ध गराइने छ । उनका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, हाती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् । सुत्नका लागि डिलक्स रुमको व्यवस्था गरिएको छ । यस प्याकेजमा सहभागी हुने जोडीले जम्मा १९ हजार रुपैयाँमात्र तिरे पुग्नेछ ।

होटल ल्याण्डमार्क पोखरा (एक रातको प्याकेज, जम्मा ५५५५।–)
यस प्याकेजमा सहभागी हुने जोडीका लागि होटलमा पुग्नेवित्तिकै वेलकम डिङ्स ओपन हुनेछ । ब्रेकफास्ट एक, डिनर (सेट मेन्यु) एक, २ बोत्तल मिनरल वाटर, फ्रि वाइफाइ उपलब्ध गराईने छ । सुत्नका लागि डिलक्स रुमको व्यवस्था गरिएको छ । यस प्याकेजमा सहभागी हुने जोडीले जम्मा ५ हजार पाँच सय ५५ रुपैयाँमात्र तिरे पुग्नेछ ।

हेर्नुस होटल ल्याण्डमार्क पोखराका तस्बीरहरू

हेर्नुस ल्याण्डमार्क फरेस्ट पार्क चितवनका तस्बीरहरू 

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार ०८:२२