१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

महुली लघुवित्तको लाभांश परिवर्तन, अब कति दिने छ ?


१२ चैत, काठमाडाैं । महुली लघुवित्तले लाभांश परिमार्जन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले लाभांश घटाएकाे हाे । लघुवित्तले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो।

तर राष्ट्र बैंकले बोनस सेयर र कर प्रयोजनको लागि गरी कुल १५ प्रतिशत मात्र लाभांश वितरण गर्न निर्देशन दिएको छ। हाल कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ११:४३