७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१२ चैत, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा काराेबार भएकाे छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा काराेबार भएको छ। गत शुक्रबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ११:११