१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

चितवन समाज साउथ अष्ट्रेलियाको तदर्थ समिति गठन, संयोजकमा खगेन्द्र सापकोटा


१२ चैत, एडिलेड । चितवन स्थायी घर भई साउथ अष्ट्रेलियालाई कर्म थलो बनाएकाहरुको भेलाले खगेन्द्र सापकोटाको संयोजकत्वमा चितवन समाज साउथ अष्ट्रेलियाको तदर्थ समिति गठन गरेका छन् । नविन कंडेलको सभापतित्वमा सम्पन्न भेलाबाट १३ सदस्यीय तदर्थ समिति चयन भएको हो ।

समितिको सदस्यहरुमा उत्तम अधिकारी, कृष्ण भट्टराई, अनुपचन्द्र सुवेदी, दीपक पौडेल, अच्युत धमला, कौशल उप्रेती, रोशन कंडेल, सुदर्शन उप्रेती, विष्णु चापागाइ, कुसुम थपलिया, अनिता पौडेल र काजल गैरे रहेका छन् ।

तदर्थ समिति सदस्य कृष्ण भट्टराईले तदर्थ समितिले आगामी ६ महिना भित्र अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति बनाउने बताए । उनले तदर्थ समितिले अधिवेशन अगाडि संस्थालाई साउथ अष्ट्रेलियामा आधिकारीक रुपमा सामाजिक संस्थाको रुपमा दर्ता गर्ने जिम्मेवारी समेत भेलाले दिएको बताए ।


साउथ अष्ट्रेलियामा रहेका चितवनेहरुलाई एकिकृत गरी सामाजिक कार्यहरुमा योगदान पुर्याउने उद्धेश्यले संस्थाको गठन गरिएको बताईएको छ । तदर्थ समिति गठन कार्यमा नबिन कडेल, प्रेम पाठक र आशिष वाग्लेले सहजीकरण गरेका थिए । यसैगरि भेलाको संचालन कृष्ण भट्टराई र स्वागत मन्तव्य उत्तम अधिकारीले राखेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ०८:३८