१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विदेशमा बसोबास गर्ने नेपालीको संख्या करिब २२ लाख


१० चैत, काठमाडौं । करिब २२ लाख नेपाली विदेशमा रहेको पाइएको छ। आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार २१ लाख ९० हजा ५९२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।

यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो । जनगणना २०७८ अनुसार हाल विदेशमा बसोबास गर्ने नेपालीमा १७ लाख ९९ हजार ६७५ जना पुरुष छन्। जुन विदेशमा बस्ने कुल संख्याको ८२.२ प्रतिशत हो।  त्यस्तै ३ लाख ९० हजार ९१७ अर्थात १७.८ प्रतिशत महिला विदेशमा बसोबास गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १४:०२