१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मर्जर एक्वीजिशन सम्बन्धी फैलाइएको समाचारमा कुनै आधिकारिकता छैन: सिद्धार्थ बैंक


१० चैत, काठमाडौं । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर एक्वीजीशन सम्बन्धी फैलाइएको समाचार प्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण भएको छ । बैंकले अन्य बैंकसँग मर्जरमा जाने समाचारमा कुनै आधिकारिता नहरेको स्पष्ट पारेको हाे ।

बैंकले एक सूचना प्रकाशित गर्दै भनेकाे छ, ‘ यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था बीचमा मर्जर एक्वीजिशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानाकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै आधिकारिकता नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं ।’

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १३:२९