१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एडिलेडमा प्रकोप जोखिम व्यवस्थापनका लागि छलफल


१० चैत, एडिलेड । एनआरएनए नारी निकुञ्ज र एनआरएनए युथ फोरम अष्ट्रेलियाको संयुक्त्त आयोजनामा “प्रकोप जोखिम व्यवस्थापनको लागी युवा र स्वयंसेवक” नामक गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख वक्ता मिडिया र विपद् व्यवस्थापन विशेषज्ञ डा. भरतराज पौडेलले अष्ट्रेलियामा आउन सक्ने विपदहरूको बारेमा चर्चा गर्दै विपद अघि, विपदको बेला र विपद पछिको समयमा के कस्तो सावधानी अपनाउँदा क्षति कम हुन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाका संयोजक मञ्जु खड्काले विपद जोखिम न्यूनीकरण परियोजना र परियोजनाका लागी नेपाली समुदायबाट चयन भएका तीन जना सदस्यहरुको चयन प्रक्रियाका बारे प्रष्ट पारेकी थिइन । साथै खड्काले साउथ अष्ट्रेलियाको मल्टिकल्चर काउन्सिल संगको सहकार्यमा नेपाली भाषामा सामुदायिक जनसचेतनामूलक सामग्रीको विकास गर्ने काम भैरहेको जानकारी दिएकी दिइन् ।

नेपाली भाषी समुदायका लागी विपद जोखिम न्यूनीकरणका लागी मल्टिकल्चर काउन्सिल साउथ अष्ट्रेलियाबाट एक दिने तालिम लिएका नेपाली समुदायका प्रतिनिधिहरु प्रतिक्षा सुब्बा, सागर श्रेष्ठ र निजम केसीले आफूहरूले तालिममा सिकेका कुरा सहभागी विच प्रस्तुत गरेका थिए । कार्यक्रम एनआरएनए युथ फोरम अष्ट्रेलियाका सदस्य श्याम कृष्ण बोहराले धन्यवाद मन्तब्य सहित कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १३:१६