
१० चैच, काठमाडाैं । काठमाडौं । नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै छ ।आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्नेछ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। ६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तकुँवर, टेकप्रसाद राई, दीपकथापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् ।
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १०:१९