७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१८० रूपैयाँमा एनएमबि बैंकले सेयर बिक्री गर्दै, सर्वसाधारणले पनि किन्न पाउने


९ चैत, काठमाडाैं । एनएमबि बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । बैंकले चैत १६ गतेदेखि चैत २३ गतेसम्म संस्थापक तर्फको ६७ हजार ६०७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेकाे हाे ।

उक्त सेयरको मूल्य प्रतिकित्ता रू. १८० तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुक विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाहरूले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि तोकिएको अवधिभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २४ गते एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे खोलिने कार्यक्रम रहेकाे बैंकले जनाउकाे छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १३:००