७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

छुटाउनु भयाे की ? एक कम्पनीको १५ लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


९ चैत, काठमाडाैं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत ९ गते अन्तिम दिन रहेको छ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत ९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे १२ औँ वार्षिक साधारणसभा चैत २६ गते रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९ का लागि हाल कायम चुक्तापुँजीकाे १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ११:०५