
८ चैत, हेटाैँडा । बागमी प्रदेशका सभामुख भुवन पाठकले प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर चैत्र १० गतेसम्मको लागि स्थगित गरेका छन । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सभामुख पाठकको निर्देशन अनुसार सूचना टाँस गर्दै बैठक १० गतेसम्मको लागि स्थगित भएको जानकारी दिएका छन । सूचनामा बैठक स्थगितलाइ विशेष कारण भनिए पनि अन्य केही खुलाइएको छैन ।
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १७:५२