७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नकारात्मक पत्रकारिता निरुत्साहित हुनुपर्छः मन्त्री मोदि


८ चैत, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदिले आम सञ्चार माध्यम सुशासित, पारदर्शी र जनता मैत्री हुनु पर्ने बताएका छन् ।

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभामा बोल्दै उनले, पत्रकारिता समाज रूपान्तरणको एउटा प्रक्रिया भएको बताउँदै सञ्चार माध्यमको प्राथमिकता नागरिकको हितका लागि हुनु पर्नेमा जोड दिए ।

उनले, पत्रकार भनेपछि नेताहरू पनि डराउने भन्दै कुनै विषयलाई राम्रो वा नराम्रो बनाउने पत्रकारको हातको कुरा भएको बताए । उनले भने, ‘आजको समयमा धेरै सूचनाजो सँग छ त्यो नै धनी हो । तपाई सञ्चार कर्मीहरूसँग जति सूचना अरूसँग हुदैँन् । पत्रकारिता नकारात्मक पनि छ । पत्रकारसँग नेताहरू डराउने गर्दछ । पत्रकारिता भनेको सामान्य होइन । तपाईँको ज्ञान, विचार, लेखन समाज रूपान्तरणको पनि तपाईँहरू एउटा प्रक्रियाहो । ’

नेताहरू अर्थ, गृह, पर्यटन जस्ता मन्त्रालयमा मात्र जान खोज्ने भन्दै यस्तो विकृति हटाएर सुशासन कायम गर्न आफूले सक्दो प्रयास गरिरहेको उनको दाबी छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १३:५०