१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा दुई कम्पनीको सेयर कारोबार रोक्का


८ चेत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर कारोबार रोक्का भएकाे छ । नेप्सेले सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हाे । दुबै कम्पनीले चैत ९ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएपछि नेप्सेले यी कम्पनीकाे सेयर कारोबार रोक्का गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

यी दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपछि चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्दैछ । यी दुई कम्पनी १:१ काे अनुपातमा मर्ज भएका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १३:०५