१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको कति छ ओपनिङ रेञ्ज ?


८ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीकाे आईपीओ सूचिकृत भएको छ । नेप्सेमा बुधबार कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ सूचिकृत भएको हाे ।

१) एशियन हाइड्रोपावर लिमिटेड

नेप्सेमा एशियन हाइड्रोपावर लिमिटेडकाे ३४ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेले कम्पनीलाइ पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ६० पैसादेखि अधिकतम २ सय ९८ रूपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

२) कालिञ्चोक दर्शन लिमिटेड

नेप्सेमा कालिञ्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेले कम्पनीलाइ पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ७८ रूपैयाँ १५ पैसा देखि अधिकतम २ सय ३४ रूपैयाँ ४५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १२:५५