१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

निफ्राको सञ्चालकबाट चन्द्र ढकालले दिए राजीनामा, यस्तो बन्यो नयाँ समिति


८ चैत, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का सञ्चालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् ।आईएमई लिमिटेडबाट बैंकमा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

ढकालले चैत ७ गते राजीनामा दिएकोमा बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । साथै उनको राजिनमा पश्चात् संचालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल र अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण सेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १२:२५