१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु


८ चैत, दैलेख । दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बाँकेका चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल रहेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ११:०८