११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

लुम्बिनी विकास बैंकको ४ हजार ८ सय कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?


८ चैत, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी राजु सरावगीले आफ्नो नाममा रहेको ४ हजार ८ सय कित्ता सेयर बिक्रीका लागि निवेदन दिएकाे हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १०:३१