६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

‘गरिबमारा प्रचण्ड मुर्दावाद’ भन्दा प्रहरीले झण्डै ज्याननै लिएन


७ चैत, काठमाडौँ । ‘गरिबमारा प्रचण्ड मुर्दावाद’ भन्ने युवाहरू माथि मंगलबार प्रहरीले ज्यादती गरेको छ । अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा केही युवाले वर्तमान समस्याको बारेमा आवाज उठाउँदा प्रहरीले युवाहरूको झण्डै ज्याननै लिएन । प्रहरीले ती युवाको घाँटी समातेर मुखै थुनिदियो ।

बानेश्वर बैंकेटमा भएको कार्यक्रममा नेपाल प्रहरीका जागिर खाएका प्रचण्डका सुरक्षाकर्मीले ती युवाको घाँटी समात्दै मुख थुनेका हुन । उनीहरूले आवाजै ननिस्किने गरी मुख बन्द गरेका थिए । उनीहरूले बैंकको ब्याज कम गर, मूल्यवृद्धि खारेज गर लगायतका नारा लगाएका थिए । तर प्रहरीले केही सेकेण्डमै उनीहरूमाथि निर्मम तरिकाले बल प्रयोग गरेको थियो ।

केही युवाले प्रहरीको बलप्रयोगकै बीचमा आतंककारी प्रचण्ड मुर्दाबाद भन्न पनि भ्याए । प्रहरीले सोम शर्मा, विप्लव खड्का र उद्धव बस्नेतलाई प्रकाउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले बताएका छन । माैलिक हक ‘कु’ गर्ने तयारी गरिरहेको प्रचण्ड सरकारले व्यक्तिगत कुराकानी रेकर्ड गर्न ऐन संशोधनको तयारी गरिरहेको छ । सरकारले सञ्चार मन्त्रालय मार्फत उक्त संशोधनको मस्याैदा तयार गरिसकेको छ ।

माैलिक हक ‘कु’ गर्दै प्रचण्ड सरकार, व्यक्तिगत कुराकानी रेकर्ड गर्न ऐन संशोधन हुँदै

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार २२:०२