११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती


७ चैत, लालबन्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताउनुभएको छ । ‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनमा उहाँले भन्नुभयो, “४६ को जनआन्दोलनपछि ६२/६३ को आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित छ ।” नेपाली समाजको शल्यक्रिया गरिनु आजको आवश्यकक्ता भएको उल्लेख गर्दै उहाँले नेपाली संस्कृतिको मनोविज्ञानबाट अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अब एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार २०:०८