८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड हुने, सेयर पाउने कति ?


७ चैत, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ भोलि चैत ८ गते बुधबार बाँडफाँड हुने भएको छ । आईपीओ बुधबार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँड हुने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएकाे छ ।

कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो । सिडिएसका अनुसार १४ लाख १२ हजार ०१३ जना आवेदकले १ करोड ६२ लाख ४० हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरीने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने ३ जना आवेदकले ११ कित्ता सेयर प्राप्त गर्ने छन् ।

कम्पनीले सर्वसाधारणको लागि कुल ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये २ लाख ४९ हजार ९ सय ३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ४ लाख ९९ हजार ८ सय ७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड गरी सकेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १५:०७