८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कति पाउला बिपिडब्लु लघुवित्तकाे आईपीओले ओपनिङ्ग रेञ्ज ?


७ चैत, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड चैत्र ३ गते सम्पन्न भएकाे हाे ।

कम्पनीकाे आईपीओ बाँडफाँड भएसँगै उक्त कम्पनीकाे आईपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ ।  कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे । अहिले यस्तै चासोको बिषयमा रहको छ बिपिडब्लु लघुवित्त ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८६ रूपैयाँ ७८ पैसादेखि अधिकतम २ सय ६० रुपैयाँ ३४ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ६० रुपैयाँ ३४ पैसा हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १४:५२