७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जब पर्यटनमन्त्री अाफैँ ठमेल क्षेत्रको सरसफाइको निम्ति कुचोलिएर सडकमा अाए… (फोटोफिचर)


२० असोज, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल २०२० लार्इ टार्गेट गरेर काठमाडाैँको ठमेल क्षेत्रको सरसफाइको सुरूवात गरेका छन । शनिबार अाफैँ हातमा कुचोलिएर सडक सफा गर्न पुगेका अधिकारीदेखेर ठमेलकाक व्यवसायी छक्क परेका थिए ।

लुकीलुकी फोहर फाल्ने गरेका व्यवसायीहरू मन्त्री अधिकारी नै हातमा कुचो लिएर निस्केको देखेपछि रातोपिरो भएका थिए । काठमाडाैँको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पछिल्लो पटक नियमित सरसफाइको कामसमेत हुन नसकेको अवस्थामा मन्त्री अधिकारीको अाग्रहमा  ठमेल पर्यटन विकास परीषद् स्थानीय र सरोकारवाला सरसफाइका निम्ति तयार भएका थिए ।

अधिकारीले सरसफाइपछि केही तस्बीर ट्वीट गर्दै भनेका छन “आफ्नो घर पसल अगाडी मात्र सफा राख्न सके वरिपरिको वातावरण आफैमा सुन्दर र सफा हुनेछ।” अधिकारीले भनेजस्तै घर पसल अगाडी मात्र सबैले सफा गर्ने हो भने हाम्रो सहर निश्चय पनि सफा हुनेछ । त्यसकारण यस्ता सकारात्मक कुरालार्इ सबैले अनुशरण गराैँ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १०:५०