६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सरकारमा जान नेकपा एस सकारात्मकः निर्णय लिने अधिकार अध्यक्षलाई


७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुन सकरात्मक देखिएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा सरकारमा सहभागि हुनेबारे सकरात्मक छलफल भएको नेता झलनाथ खनालले बताए ।

उनले सत्ता बाडँफाटबारे प्याकेजमै सहमति जोखिनु पर्ने बारे बैठकमा छलफल भएको बताए । तर अहिले नै सरकामा सहभागि हुनेबारे ठोस निर्णय नभएको जानकारी दिएका उनले भने, ‘सरकारमा के नीति कार्यक्रमका साथ जाने ?हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ ? सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ । त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ । त्यो प्याकेज अनुसार हामी निर्णय गर्छौं ।’

उनले पार्टीबाट सरकारमा कसको नेतृत्व र कुन मन्त्रालयका साथ सहभागि हुने भन्नेबारे ठोस छलफल पछि गरिने बतए । उनले भने, पहिला माथि कसरी विभाजन हुन्छ, विभाजनमा कस्को के हो, के अनुपातमा के सिद्धान्तमा आधारित हुन्छ, त्यही सिद्धान्तको आधारमा संख्या निर्धारण हुन्छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एसले सरकारमा पार्टीको सहभागिता लगायतको विषयमा छलफल थालेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १४:०५