१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सानिमा लाइफ र रिलायन्स इन्स्योरेन्सको एकिकृत कारोबार चैत ९ गतेदेखि


७ चैत, काठमाडाैं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेदेखि एकिकृत कारोबार सरू गर्ने भएका छन् । दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट चैत ९ गतेदेखि एकिकृत कारोबार गर्न लागेका हुन् ।

नेपाल बीमा प्राधिकरणले यी दुई इन्स्योरेन्सलाई फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीकाे फागुन १२ गते सम्पन्न भएकाे साधारण सभाले मर्जरकाे प्रस्ताव पारित गरिसकेका छन् । कम्पनीकाे केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौँमा रहनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १२:३०