
७ चैत, काठमाडाैं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीकाे फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ११.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।
साधारण सभाबाट पारित गरिएकाे साेही ११.०५२५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे लघुवित्तले जनाएकाे छ ।
त्यसैगरी, हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन कम्पनीले अनुरोध गरेको छ । सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि उक्त नगद लाभांश सम्बन्धित सेयरधनीकाे खातामा जम्मा हुने कम्पनीले जनाएकाे छ।
प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार ११:२५